नियमहरु
१) जापानी भाषा स्कुलमा अध्ययनरत जुनसुकै विद्यार्थीहरुले सहभागी हुन पाउनेछन्।
२) विगत ३ वर्षको अविधिमा यस खाराओके प्रतियोगितामा प्रथम, द्वितीय वा तृतीय स्थानमा पुरस्कृत भइसकेको विद्यार्थीले भने
प्रगियोगितामा सहभागी हुन पाउने छैन ।
३) जापानी भाषा स्कुल समापन गरेको एक वर्षको अवधि ननाघेको विद्यार्थीले पनि सहभागी हुन पाउने छ । तर अध्ययन गरेको स्कुल बाट
सिफारिस भने पेश गर्नु पर्नेछ ।
४) सहभागी विद्यर्थीहरुले आफ्नो सम्बन्धित स्कुलमार्फत जाल्टान अफिसमा आवेदन पेश गर्नु पर्नेछ ।
५) आफ्नो इच्छा अनुसार एकल वा समुह गायनमा आवेदन दिन सकिन्छ । यदि समुह गायन हो भने १० जना सम्मको एउटा समुह
बनाउन सकिनेछ ।
६) सहभागी र आफुले गाउने गीत निश्चित भएपछि यो फारम भरेर बझाउनु होला ।
७) एृउटा स्कुलबाट २ जना वा समुहले सहभागिता जनाउन पाइने छ ।
८) आवेदन मिति समाप्त भएपछि सहभागीहरुको दक्षता क्रमअनुसार सहभागीहरुलाई प्रथमिकताकोआधारमा छनौट गरिने हुनाले आवेदन पेश
गर्ने सबै प्रतियोगिहरुलाई प्रतियोगितामा सामेल गराउन सम्भव नहुन पनि सक्छ । त्यसकारण आवेदन फारममा सहभागिहरुको दक्षताको
आधारमा क्रमानुसार नाम उल्लेख गरी आवेदन दिनहुन प्रत्येक स्कुललाई अनुरोध गरिन्छ ।
९) रिहर्सल गरिने छ । सहभागिहरु रिहर्सलमा अनिवार्य उपस्थित हुनुपर्नेछ ।
रिहर्सलमा उपस्थित नभएको खण्डमा प्रगियोगितामा सहभागी गराइने छैन ।
१०) मौलिक गीतलाई MP4 मा रुपान्तरण गरेर आबेदन फारम सँगै बुझाउनु होला ।
११) पृष्ठभुमिमा आफ्नो स्कुलको कुनै चिनारी आदि जस्ता चित्रहरु देखाउन कडाईकासाथ रोक लगाइएको छ ।
१२) एउटै गीत २ जना वा २ समुह सम्मका लागि मात्र स्वीकार्यक हुने छ । यदि ढिला प्राप्त भएको आवेदनमा सोही गीत दोहोरिन गएमा
त्यस्ता आवेदकलाई गीत परिवर्तन गर्न लगाइने छ । तसर्थ यथासम्भव छिटो आवेदन दिनहुन अनुरोध गरिन्छ ।